global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ निबन्धकृति ‘अभिवन्द्य’को तेस्रो संस्करण सार्वजनिक

निबन्धकृति ‘अभिवन्द्य’को तेस्रो संस्करण सार्वजनिक

निबन्धकृति ‘अभिवन्द्य’को तेस्रो संस्करण सार्वजनिक

निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’को विभिन्न व्यक्तित्वहरूमाथि लेखिएको निबन्धकृति ‘अभिवन्द्य’को तेस्रो संस्करण एक समारोहबीच सार्वजनिक गरिएको छ ।

सोमबार काठमाडौंमा कृतिमाथि बोल्दै साहित्यकार तथा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सबैभन्दा गाह्रो काम मान्छे पढ्नु भएको भन्दै निबन्धकार ‘रोदन’ले मान्छे पढेर यो व्यक्तिनिबन्ध सिर्जना गरेको बताए । उनले निबन्धकारले प्रयोग गरेको नयाँ शैलीको प्रशंसा गरे ।

साहित्यकार प्रमोद प्रधानले लेखकले छोटाछोटा शब्दमा धेरै कुरा उल्लेख गरेको बताउँदै कृतिको महत्त्व र लेखकीय चिन्तनको चर्चा गरे ।

निबन्धकार ‘रोदन’ले अभिवन्द्यको रचनागर्भबारे बोल्दै आफू निबन्ध लेखनमा निबन्धकारहरू राममणि रिसाल र तेजेश्वरबाबु ग्वंगबाट प्रभावित भएर यस पुस्तकको सिर्जना गरेको बताए ।

प्रकाशित समय : १२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु