global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव रसुवामा हुने

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव रसुवामा हुने

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव रसुवामा हुने

नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो ४ देखि ६ वैशाखसम्म गोसाईंकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ ।

आयोजक सेलिब्रेटी नेपालका अनुसार महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुरयाउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरू समावेश गरिनेछ । महोत्सवमा वृत्तचित्र, लघु चलचित्र र कथानक चलचित्र समावेश गरिने छ ।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका चलचित्र गाउँलेहरूलाई नै देखाइने भएका छ ।

महोत्सवमा सहभागी चलचित्रहरूबाट निर्णायक टिमले उत्कृष्ट चलचित्रहरू चयन गरेर अवार्ड समेत प्रदान गरिनेछ । विगत चार वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका चलचित्र मात्र प्रदर्शन हुने पनि आयोजक सापकोटाले जानकारी गराए ।

महोत्सवमा विभिन्न विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरू समेत गरिने छ ।

प्रकाशित समय : १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु