global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा बस्दै

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा बस्दै

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा बस्दै

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दै छ । कम्पनीले सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

बोनस सेयर वितरण भएपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । यसैगरी, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायत प्रस्तावहरु पनि सभामा पेश हुनेछ ।

सभा अनमोल बेंक्वेट, शंखमुल काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि यसले फागुन २६ गते बुक क्लोज गरिसकेको छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

 

प्रकाशित समय : ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु