global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’गरेको भेनुजुएलाको आरोप

अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’गरेको भेनुजुएलाको आरोप

अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’गरेको भेनुजुएलाको आरोप

अमेरिकाले आफ्ना नागरिक अपहरण गरेर एल साल्भाडोर लगेको भेनेजुएलाले आरोप लगाएको छ ।

अमेरिकाले अमेरिकामा बस्दै आएका भेनुजेएलाका आप्रावासीलाइ पक्राउ गरेर केही दिन अघि मात्रै एल साल्भाडोरको कुख्यात जेलमा लगे पछि उसले यस्तो प्रतिक्रिया दिएको हो ।

संयुक्त राज्य अमेरिकाले एल साल्भाडोरको कुख्यात मेगा जेलमा २०० भन्दा बढी आप्रवासीलाइ लगेर थुनेको थियो । अमेरिकाले तीनीहरूलाइ ‘अपराधी’ को संज्ञा दिइएको छ । यो जेल त्यही जेल हो, जहाँ पसे पछि कोही पनि बाहिर निस्कन सक्दैन् । खासमा साल्भाडोरका दुइ कुख्यात गुन्डा समुहका झन्डै ४० हजार बन्दीहरूलाइ यही जेलमा सदाका लागि खिएको छ, जो दशकौं देखी साल्भाडोरमा हिंसा, लागुऔषध तस्कर, हत्यामा संलग्न रहेको आरोप छ ।

‘नायब बुकेले यस अपहरणमा सहयोगी हुनुहुँदैन, किनभने हाम्रा युवाहरूले संयुक्त राज्यमा कुनै अपराध गरेनन्, त्यहाँ लगिएका कोही पनि कुनै पनि अपराधी होइनन,’ निकोलस मादुरोले साल्भाडोरका नेतासँग भने । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्झौता गरेका एल साल्भाडोरका नेताले यसमा पुनर्विचार गर्नु पर्ने उनको जोड छ ।

‘उनीहरूलाई मुद्दामा ल्याइएको थिएन, उनीहरूलाई प्रतिरक्षाको अधिकार, उचित प्रक्रियाको अधिकार दिइएन, उनीहरूलाई धोका दिइयो, हथकडी लगाइयो, विमानमा राखियो, अपहरण गरियो र एल साल्भाडोरको यातना शिविरमा पठाइयो,’ मादुरोले भने ।

प्रकाशित समय : ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु