global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ आठ महिनामा १० अर्ब बढी राजस्व सङ्कलन

आठ महिनामा १० अर्ब बढी राजस्व सङ्कलन

आठ महिनामा १० अर्ब बढी राजस्व सङ्कलन

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा १० अर्ब १७ करोड ७२ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्य निर्धारित लक्ष्यको ९१ दशमलव ६४ प्रतिशत हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार चालु आवको फागुन महिनासम्ममा ११ अर्ब नौ करोड ८७ लाख नौ हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो ।

गत आवको सोही अवधिमा लक्ष्यको ७७ दशमलव २४ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो । चालु आवको आठ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयतबाट ६० दशमलव २२ प्रतिशत अर्थात् छ अर्ब १२ करोड ४२ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको आठ महिनामा १७ अर्ब ९० करोड ६१ लाख २५ हजार बराबरको वस्तु निर्यात भएको छ । सोही अवधिमा ३१ अर्ब १८ करोड ६५ लाख १६ हजार बराबरको वस्तु आयात भएको छ ।

प्रकाशित समय : २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु