nmb bank

गृहपृष्ठ आईपीएलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् यी बलिउड स्टार

आईपीएलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् यी बलिउड स्टार

आईपीएलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् यी बलिउड स्टार

आगामी शनिबार अर्थात् मार्च २२ मा इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन सुरु हुँदैछ । नयाँ सिजनको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर बैङ्लुरूबीच प्रतिस्पर्धा हुनेछ ।

कोलकातामा हुने उद्घाटन कार्यक्रम भव्य बनाउने आईपीएलको तयारी छ । कार्यक्रम कोलकाताको इडेन गार्डेन स्टेडियममा हुने बताइएको छ ।

बलिउड हस्ती जाने खबरले आईपीएल पर्खिरहेका क्रिकेट प्रेमी थप उत्सुक बनेका छन् । उनीहरूले उद्घाटन कार्यक्रममा क्रिकेटका हस्तीसँगै बलिउड स्टा.लाई समेत देख्न पाउने भएका छन् ।

शाहरुख खान आफ्नो टिमको समर्थन गर्न इडेन गार्डेन जाने भएका छन् । सलमान आफ्नो आगामी फिल्म ‘सिकन्दर’को प्रचारका लागि स्टेडिममा पुग्ने बुझिएको छ ।

त्यस्तै नायक नायकहरू बिक्की कौशल, बरुण धवन, दिसा पटनीसमेत कार्यक्रममा उपस्थित हुनेछन् ।

प्रकाशित समय : २०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु