global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरु पूर्ण बिक्री

एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरु पूर्ण बिक्री

एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरु पूर्ण बिक्री

माछापुच्छ्रे बैंक कोष प्रबद्र्धक रहेको तथा माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेकोएमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरु आवेदन बन्दहुने मितिको अन्तिम दिनको कार्यालय समय सकिनु अगावै पूर्ण रुपमा बिक्री भएका छन् । २०८१ फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको एमबीएल इक्विटी फण्डको अन्तिम आवेदन मिति२०८१ चैत ७गतेसम्म तोकिएको थियो ।

एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी प्रकृतिको एमबीएल इक्विटी फण्डको प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याइएको थियो ।

यस फण्डले बिज पूँजी वापत १५ प्रतिशतइकाई मध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रबद्र्धक कम्पनी माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात १२ लाखइकाई योजना व्यवस्थाप ककम्पनी माछापुच्छ्रे क्यापिटललाई सुरक्षित गरि बाँकी रहेको १० करोड २० लाखइकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

 

 

प्रकाशित समय : १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु