global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रधानमन्त्री कपः पुलिसकाे साताैं जीत

प्रधानमन्त्री कपः पुलिसकाे साताैं जीत

प्रधानमन्त्री कपः पुलिसकाे साताैं जीत

विभागीय टोली नेपाल पुलिस क्लबले सातौं जीत हासिल गरेको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई सातौं खेलसम्म पनि कायम राखेको हो । बिहीबार एक्ट्राटेक ओभलमा पुलिसले ९३ रनको सहज जीत हासिल गरेको हो ।

पुलिस क्लबले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको बागतमी ४५.२ ओभरमा २०४ रनमा समेटिदा उसलाइ सातौं पटक जीत हासिल गर्न सहज भएको हो ।

बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी शुभ कसंकारले ३६, विपिन आचार्यले १०, सूर्य तामाङले १७, प्रतिस जिसीले १५, आशुतोष घिरैयाले १२, कप्तान पृथु बास्कोटाले ११ र रिजन ढकालले १० रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९७ रनको बिशाल योगफल तयार पारेको थियो ।

जितसँगै शीर्षस्थानको पुलिसले ७ खेलमा १४ अंक जोडेको छ । पराजित बागमती ६ खेलबाट सात अंकका साथ आठौं स्थानमा छ ।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु