global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कुमारी बैंकद्वारा ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

कुमारी बैंकद्वारा ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

कुमारी बैंकद्वारा ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ग्लोबल मनीवीक२०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरताकार्यक्रम सञ्चालन गरिरहेको छ।

ग्लोबल मनीवीक२०२५ को ‘ Think before you follow, wise money tomorrow ‘ भन्ने विषयवस्तुलाई आत्मसाथ गर्दै, कुमारी बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, ‘Finfluencers (Financial Influencers) ‘ को प्रभाव, र ‘Artificial Intelligence(AI)’ को प्रवेशले सर्वसाधारण, विषेशगरि युवाहरुलाई सहीवित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, बैंकले सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पु-याउने उद्देश्य राखेको छ ।

कार्यक्रमअन्तर्गत, सहभागीहरूलाई बैंकिङ्ग प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिंदैछ । यस अभियान मार्फत, कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदानदिने अपेक्षा गरेको छ। कुमारी बैंकले भविष्यमा पनि यस्ता सचेतना मूलक कार्यक्रमहरूलाई निरन्तरतादिने प्रतिबद्धता समेत जनाएको छ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवादिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्नाग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदानगर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथाउत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय : १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु