global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

वागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेपाली नारीको उत्थानका निम्ति उनले निर्वाह गरेकी अतुलनीय योगदानको कदर गर्दै लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

प्रकाशन गृह ‘मिडिया नाइन’ ले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी उनलाई उक्त अवार्ड प्रदान गरेको हो । उपसभामुख इन्दिरा रानाले उनलाई उक्त अवार्ड प्रदान गरेकी थिइन ।

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्षसमेत रहेकी शाक्यले पितृसत्तात्मक सोचबाट हामो समाज मुक्त नभएसम्म महिलालाई अवसर प्राप्त गर्न कठिन हुने बताउँदै पुरुषबराबर काम गर्न हरेक महिला सक्षम छन् भनिन । उनले अवसर पाएमा गरेर देखाउने सामथ्र्य महिलामा रहेको बताइन ।

नेपाली नारीलाई अन्तरराष्ट्रिय जगत्मा चिनाउन उक्त प्रकाशन गृहबाट हरेक महिना छापिने अङ्ग्रेजी पत्रिका ‘डब्ल्युओडब्ल्यु’ र ‘बिजनेस ३६० डिग्री’ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै पत्रकारितका माध्यमबाट समाजमा चेतना अभिवृद्धि गर्न र महिलालाई सशक्त तुल्याउन अझ सक्रिय भएर लाग्न सझाए ।

उक्त प्रकाशन गृहकी सम्पादक चारु चड्डाले नेपालको संविधानमा सुनिश्चित गरिएका महिला अधिकार पूर्णरुपले नेपाली नारीले उपयोग गर्न नपाएका बताउँदै घरेलु हिंसाका साथै हरेक क्षेत्रमा महिलालाई हतोत्साहित गर्ने मानसिकता कायम रहेको गुनासो गरे । उनले भेदभावविरुद्ध सबै नारी एकजुट हुनुपर्नेमा जोड दिइन।

प्रकाशित समय : २१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु