गृहपृष्ठ एक महिनामै थपिए ७७ हजार फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता
एक महिनामै थपिए ७७ हजार फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता ३० लाख ६१ हजार ९८३ पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार २०८१ माघसम्म फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता ३० लाख ६१ हजार ९८३ पुगेका छन् ।
२०८१ पुससम्म फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता २९ लाख ८४ हजार ५६१ रहेका थिए । एक महिनामै इन्टरनेट सेवा प्रदायकले ७७ हजार ४२२ नयाँ ग्राहक थप्न सफल भएका छन् ।
एक महिनाको अवधिमा इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी भायानेटले सबैभन्दा बढी ग्राहक बढाएको छ । भायानेटले पुसको तुलनामा माघमा २४ हजार २११ ग्राहक नयाँ थप्न सफल भएको हो ।
यस्तै वाईफाई नेपालले २० हजार ८०६, वर्ल्डलिंकले ८ हजार, डिशहोमले ७ हजार, नेपाल टेलिकमले १ हजार ६६३, सुबिसुले २५००, वेबसर्फरले १९७३, क्लासिक टेक २२ हजार ८५ र टेकमाइन्ड्सले ३ हजार ८१९ ग्राहक थप्न सफल भएका छन् । तर सिजीका भने उल्टै ७६४ ग्राहक घटेका छन् ।
प्रकाशित समय : १३:०९ बजे