global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ वीरगञ्जमा मितेरीपुल–नयाँबसपार्क सडकखण्डमा टाँगा चलाउन पाइने

वीरगञ्जमा मितेरीपुल–नयाँबसपार्क सडकखण्डमा टाँगा चलाउन पाइने

वीरगञ्जमा मितेरीपुल–नयाँबसपार्क सडकखण्डमा टाँगा चलाउन पाइने

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगञ्जको मुख्य बजार क्षेत्रमा जथाभावी ढङ्गले चल्दै आएका टाँगालाई मितेरीपुल–रजतजयन्तीचोक–बाइपास सडक हुँदै नयाँ बसपार्कको रुटमा मात्रै चलाउन आग्रह गरेको छ ।

वीरगञ्जको मुख्य बजार क्षेत्रमा जभाभावी रुपमा टाँगा चलाउँदा सवारी दुर्घटना र सडकमा मलमुत्रको दुर्गन्ध फैलिने भएकाले व्यवस्थित गर्न खोजिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले वीरगञ्जमा चल्ने टाँगालाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न जनचेतना मूलुक अभियान सुरुआत गरेको जानकारी दिए ।

आइतबार ट्राफिक प्रहरी, वीरगञ्ज महानगरका प्रतिनिधि, प्रहरीचौकी इनर्वा र ग्रीनसिटि सामुदायिक सेवा केन्द्रको अगुवाईमा टाँगा चालकलाई अभिमुखीकरण गर्दै अबदेखि टाँगालाई मितेरीपुल, रजत जयन्तीचोक, बाइपास सडक हुँदै नयाँ बसपार्कको रुटमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरिएको छ । घोडाको मलमुत्र व्यवस्थापन गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक भट्टले उल्लेख गरे । यसबाट घोडाको मलमुत्रबाट हुने दुर्गन्धमा कमी ल्याउन सकिनेछ ।

टाँगा चलाउन सीमावर्ती सहर रक्सौलको रेल्वे ढालाचोकसम्म प्रवेश पाउने भएकाले पनि सामानसहितका यात्रुको मुख्य रोजाईमा टाँगा पर्ने गर्छ । अन्य अटोरिक्सालाई शंकराचार्यगेट नजिकै मितेरीपुलमा रोकिने भए पनि टाँगा भने भारतीय भूमिसम्मै पुग्ने भएकाले पनि सर्वसाधारणको रोजाईमा टाँगा पर्ने गर्छ । भारतीय टाँगा पनि वीरगञ्जमा आउजाउ गर्ने गर्छन । वीरगञ्ज आसपासमा भारतीय टाँगासहित करिव १५० देखि २०० को हाराहारीमा टाँगा रहेका छन् ।

ट्राफिक प्रहरी कार्यालयले दसैँ लगत्तै मुख्य सडकखण्डमा टाँगा नचलाउन अनुरोध गरे पनि टाँगा चालकले भने अटेरी गर्दै आएका थिए । ट्राफिक प्रहरीले पछिल्लो समय घण्टाघर चोक र अन्य सडक खण्डमा सवारीसाधन चलाएमा नियन्त्रणमा लिन थालिएको छ । प्रहरी निरीक्षक भट्टले घण्टाघर, रेल्वे सडक, मेनरोडलगायतका स्थानमा अत्यधिक ट्राफिक चाप भएकाले टाँगा नचलाउन अनुरोध गरिएको उनले बताए।

प्रकाशित समय : २१:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु