global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने ट्रम्पको घोषणा

‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने ट्रम्पको घोषणा

‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘भ्वाइस अफ अमेरिका’लाई बन्द गरिदिएका छन्। सरकारद्वारा सञ्चालित समाचार संस्था भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेको छ।

यो समाचार संस्थाले ट्रम्प विरोधी र उग्र गतिविधि गरिरहेको आरोप लगाइएको छ। ट्याक्सबाट चल्ने संस्थाहरू कट्टरपन्थी प्रचारका लागि जिम्मेवार नहुने ट्रम्प प्रशासनको भनाइ छ।

दोस्रो विश्वयुद्धका बेला सन् १९४२ मा अमेरिकाले रेडियो सेवामार्फत भ्वाइस अफ अमेरिकाको सुरुवात गरेको थियो। उक्त संस्थामा १ हजार ३ सय कर्मचारीहरू रहेको बताइएको छ। उनीहरू सबैलाई काज बिदामा पठाइएको भ्वाइस अफ अमेरिकाका निर्देशक माइक अब्रामोविट्जले बताएका छन्।

प्रकाशित समय : २१:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु