global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ लुम्बिनीमा चिनियाँ चलचित्रको छायांकन हुने

लुम्बिनीमा चिनियाँ चलचित्रको छायांकन हुने

लुम्बिनीमा चिनियाँ चलचित्रको छायांकन हुने

 

चिनियाँ कलाकारहरूले लुम्बिनीमा ‘म कहिल्यै नमरी जीउन चाहन्छु’ नामक चलचित्रको छायांकन गर्ने तयारी गरेका छन्।

बुद्ध र लुम्बिनीसँग सम्बन्धित यो चलचित्रको एकतिहाइ भाग लुम्बिनीमै सुटिङ गरिने निर्माता तथा कलाकारहरूले आइतबार लुम्बिनी विकास कोषसँगको छलफलमा जानकारी गराएका हुन्।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले चलचित्रले बुद्ध र लुम्बिनीको सकारात्मक प्रचार गर्ने भएकाले खुशी लागेको बताए।

उनले भने, ‘यस चलचित्रले चिनियाँ नागरिकहरूमा बुद्ध र लुम्बिनीको सन्देश पुर्‍याउन मद्दत गर्नेछ, साथै पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्नेछ।’ कोषले कानुनी रूपमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित समय : २१:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु