global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ निजामति कर्मचारी अस्पताललाई ऐनबाट सञ्चालन गरिनुपर्ने

निजामति कर्मचारी अस्पताललाई ऐनबाट सञ्चालन गरिनुपर्ने

निजामति कर्मचारी अस्पताललाई ऐनबाट सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीको पदभार तथा निवर्तमान कार्यकारी निर्देशक प्राडा विधानीधि पौडेलको विदाइ समारोहमा अस्पताललाई अब छुट्टै ऐनबाट सञ्चालन गर्नुपर्ने जोड दिइएको हो ।

निवर्तमान कार्यकारी निर्देशक प्राडा पौडेलले गठन आदेशबाट अस्पताल सञ्चालन गर्दा विभिन्न कठिनाई हुने भएकाले अब अस्पतालका लागि छुट्टै ऐन बनाउनुपर्ने बताए ।

निजामति कर्मचारी अस्प्ताल गठन आदेश २०६४ बाट सञ्चालनमा रहेको र उक्त गठन आदेशलाई ऐनमा र विनियमावलीलाई स्वास्थ्य सेवासँग मिल्ने गरी परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

प्राडा पौडेलले आफनो चार वर्षे कार्यकालमा अस्पताललाई नाफामा लगेको, नयाँ मेसिनबाट रेडियोथेरापी सेवा सुरु गरी उत्कृष्ट क्यान्सर उपचार सेवा प्रदान गरिएको बताए।

नवनियुक्त कार्यकारी निर्देशक प्राडा रेग्मीले अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

विसं २०६७ माघदेखि बहिरङग, अन्तरङ्ग र शल्यक्रिया सुरु गरेको अस्प्ताल अहिले तीन सय शय्यामा सञ्चालन भइरहेको छ ।

प्रकाशित समय : २१:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु