global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता फैसला चैत ५ गते हुने

सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता फैसला चैत ५ गते हुने

सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता फैसला चैत ५ गते हुने

सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिने कि नदिने भन्ने सम्बन्धी फैसला चैत ५ गते मङ्गलवार सुनाउने भएको छ । आइतबारको सुनुवाइपछि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले चैत ५ गते फैसला सुनाउन निसु तोकेका हुन् ।

समलिङ्गी लगायत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले आफू जस्तै व्यक्तिसँग विवाह गर्न पाउने गरी सर्वोच्च अदालत, एक न्यायाधीशको इजलासले २०८० असार १२ गते अन्तरिम आदेश जारी गरेको थियो । ब्लु डायमन्ड सोसाइटीको तर्फबाट पिंकी गुरुङ भन्ने सञ्जीव गुरुङले दायर गरेको समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्ने मागमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले समलिङ्गीहरूका बिचमा हुने विवाहलाई अस्थायी दर्ता गर्न अन्तरिम आदेश जारी गरेका थिए ।

त्यसपछि सोही आदेशका कारण सामाजिक विखण्डन ल्याउने र नेपालीको इतिहास, पहिचान, गौरव र सभ्यतामा समेत असर गर्ने भन्दै युवराज पौडेलले समलिङ्गी विवाहलाई कानुनी मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

प्रकाशित समय : २१:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु