global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बीआरआईबाट फाइदा लिन राष्ट्रिय सहमति आवश्यक : झलनाथ खनाल

बीआरआईबाट फाइदा लिन राष्ट्रिय सहमति आवश्यक : झलनाथ खनाल

बीआरआईबाट फाइदा लिन राष्ट्रिय सहमति आवश्यक : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) नेपालको हितमा रहेकाले विवाद गर्नुपर्ने कारण नरहेको बताएका छन् । बीआरआई विषयक काष्ठमण्डप डायलगको पहिलो श्रृंखलाको सम्बन्धमा फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसलिजमले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले देशको परिस्थिति अनुरुप बीआरआईअन्तर्गतका परियोजना कार्यान्वयन गर्नुपर्ने समेत बताए । बीआरआईबाट फाइदा लिन राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गरे ।

उनले विश्वका १५० भन्दा बढी देशमा बीआरआई परियोजना लागु भइसकेको र त्यसबाट यो लाभकारी हो भन्ने पुष्टि भएको धारणा राखे । बीआरआईका सन्दर्भमा देखिएका चर्चाका विषयमा काष्ठमण्डप डायलगमार्फत बौद्धिक वर्गसँग छलफल गरिएको उनले बताए । काष्ठमण्डप डायलगको पहिलो श्रृंखलाबाट विभिन्न सवादमा अध्ययन र अनुसन्धानको प्रक्रियालाई जारी राख्ने निष्कर्ष निकालेको जानकारी दिए ।

प्रकाशित समय : २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु