global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको निर्णय

केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको निर्णय

केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यद्यपि बैठकको मिति र समय भने तय भएको छैन ।

त्यस्तै, आजको बैठकमा यसअघि भएका निर्णयहरूको बारेमा जानकारी लिने र दिने काम भएको बताइएको छ ।

आइतबारको बैठकले वर्तमान राष्ट्रिय राजनीतिको बारेमा केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेबाट जानकारी गराएको पनि रास्वपाले बताएको छ ।

पार्टीको राष्ट्रिय महाधिवेशनको सम्बन्धित काम क्रियाकलाप के के हुँदैछ भन्ने कुराको जानकारी लिने र दिने काम पनि भएको रास्वपाले बताएको छ ।

प्रकाशित समय : २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु