global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलद्वारा शपथ ग्रहण

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलद्वारा शपथ ग्रहण

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलद्वारा शपथ ग्रहण

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएकी हुन् । गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बीमा क्षेत्रमा कोही व्यक्ति पीडित हुन नहुने, कुनै पनि व्यक्तिले अन्यथा गर्न नपाउने व्यवस्था हुनुका साथै बीमा क्षेत्रमा नयाँ योजनाका साथ अघि काम गर्न जरुरी रहेको बताएका थिए ।

प्रकाशित समय : १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु