गृहपृष्ठ पैसा धेरै भएपछि आज पनि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक
पैसा धेरै भएपछि आज पनि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आइतबार फेरि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । निक्षेप संकलन मार्फत राष्ट्र बैंकमा पैसा राख्नका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ ।
यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ । घटीमा १ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित समय : १०:२८ बजे