काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

होलीका दिन मधेश प्रदेशमा ३१७ सवारीसाधन कारबाहीमा

1.87K
shares

मधेश प्रदेशमा होली पर्वको मौका छोपी ट्राफिक नियम उल्लंघन गर्ने ३१७ सवारीसाधन कारबाहीमा परेका छन्।

प्रहरीले शुक्रबार ट्राफिक नियम उल्लंघन गर्ने ३१७ सवारीसाधन र ५७ जनालाई कारबाही गरेको हो।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी सर्लाही जिल्लामा १०२ सवारीसाधन कारबाहीमा परेका छन्।

त्यस्तै सिरहामा ८० दुईचक्के र २ चारचक्के गरी ८२ सवारीसाधनलाई कारबाही गरिएको छ। बारामा ६२, महोत्तरीमा ५१, सप्तरीमा ७, धनुषामा २, रौतहटमा ६ र पर्सामा ४ सवारीसाधन कारबाहीमा परेका छन्।

शुक्रबार मधेशका आठ जिल्लामा ३५ सवारी दुर्घटनामा ९९ जना घाइते भएका प्रहरीले जनाएको छ। सबैभन्दा बढी महोत्तरी र सर्लाहीमा ९–९ सवारी दुर्घटना भएका छन्।