global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रभु बैंकको मुक्तिनाथ मन्दिरमा भीम युपीआई सेवा सुरू

प्रभु बैंकको मुक्तिनाथ मन्दिरमा भीम युपीआई सेवा सुरू

प्रभु बैंकको मुक्तिनाथ मन्दिरमा भीम युपीआई सेवा सुरू

प्रभु बैंकले मुक्तिनाथ मन्दिर परिसरमा आज एक समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम युपिआई सेवा शुभारम्भ गरेको छ ।

उक्त सेवाको सुरूवातसँगै अब भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम युपिआइमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने भएका छन् ।

यो सेवा क्रस बोर्डर (सीमापार) डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको छ, जसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने बैंकको अपेक्षा छ ।

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक ‘डिजिटल नेपाल’ अभियानलाई प्राथमिकता दिँदै आएको र यस्ता नवीनतम प्रविधिहरूको प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहेको बताए।

समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ती सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू, बैंकका उच्च पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरू को उपस्थिति रहेको थियो ।

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु