गृहपृष्ठ ज्योति विकास बैंकका ग्राहकले डेकोर प्यालेस र नगरकोटमा २ होटलमा छुट पाउने
ज्योति विकास बैंकका ग्राहकले डेकोर प्यालेस र नगरकोटमा २ होटलमा छुट पाउने

ज्योति विकास बैंकका ग्राहकले काठमाडौं नयाँबजारमा रहेको डेकोर प्यालेसमा विशेष छुट पाउने भएका छन् ।
बैंकका ग्राहकले उक्त फर्निचर शोरुममा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । डेकोरमा घर तथा अफिसका लागि चाहिने सम्पूर्ण फर्निचर, सोफा, कार्पेट लगायतका विभिन्न सामाग्री उपलब्ध छन् ।
बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ।
बैंकले नगरकोटस्थित रिसोर्टहरु क्लब हिमालय र होटल हिमालयन भिल्लामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ।
प्रकाशित समय : १८:५३ बजे