global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ट्रिप टर्बोले प्ले स्टोरमा १ लाख डाउनलोड पुरा गरेको अवसरमा ल्यायो विशेष अफर र गिभअवे

ट्रिप टर्बोले प्ले स्टोरमा १ लाख डाउनलोड पुरा गरेको अवसरमा ल्यायो विशेष अफर र गिभअवे

ट्रिप टर्बोले प्ले स्टोरमा १ लाख डाउनलोड पुरा गरेको अवसरमा ल्यायो विशेष अफर र गिभअवे

नेपालकै सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले आफ्नो मोबाइल एप्लिकेशनले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पार गरेको छ । २०८१ भदौ १६ मा आधिकारिक रुपमा लन्च भएको यो एपले पाँच महिनामा यो उपलब्धि हासिल गरेको हो ।
यस महत्वपूर्ण उपलब्धिको उत्सवस्वरूप, ट्रिप टर्बोले”Trip Turbo 100K Offer” क्याम्पेन सुरु गरेको छ जसमा भाग्यशाली विजेताहरुले निम्न रोमाञ्चक गिभअवेहरू जित्नसक्नेछन् :
● दुई भाग्यशाली विजेताका लागि दुईवटा निःशुल्क एकतर्फी आन्तरिक उडानहरू
● एक भाग्यशाली ग्राहकका लागि पोखरामा ११,००० बराबरको हट एयर बेलुन राइड
● उप्स नेपाल, नेपालको पहिलो फ्यामिली इन्टरटेनमेन्ट सेन्टरबाट दुईवटा गिफ्ट कार्ड (प्रत्येक ५,००० को)
● आन्तरिक उडान र विभिन्न एड्भेन्चर एक्टिभिटीहरूमा १,००,००० भन्दा बढी बराबरको छुट र प्रोमो कोड
१ लाख डाउनलोड पार गर्नु ट्रिप टर्बोका लागि ठूलो उपलब्धि हो, ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईले भने । हामी केवल उत्कृष्ट डिल, विशेष छुट, र रोमाञ्चक एड्भेन्चर एक्टिभिटीहरू मात्र प्रदान गर्न होइन, ग्राहकलाइ उत्कृष्ट सेवा दिने कम्पनी बन्न प्रतिबद्ध छौं ।
अफर २०८१ चैत्र २ देखि चैत १८ (२०२५ मार्च १५-मार्च ३१) सम्म सञ्चालन हुनेछ । यस अवधिमा ट्रिप टर्बो एप वा वेबसाइटमार्फत कुनै पनि उडान, बस, वा एक्टिभिटी बुक गर्ने ग्राहकहरू स्वतः गिभअवेमा समावेश हुनेछन् ।

ट्रिप टर्बो प्रयोगकर्ताहरूका लागि विशेष अफर:
नियमित प्रयोगकर्ताहरूका लागि २०,००० TT Coins ( ट्रिप टर्बोको लोयल्टी पोइन्टस) प्रयोग गरी कुनै पनि आन्तरिक उडानमा ५०० छुट पाउने प्रोमो कोड प्राप्त गर्न सकिन्छ। यो अफर सीमित संख्यामा मात्र उपलब्ध हुनेछ ।

पहिलो पटक उडान बुक गर्ने ग्राहकहरूका लागिस् प्रोमो कोड FIRST100K प्रयोग गरी पहिलो उडान बुकिङमा २०० छुट प्राप्त गर्न सकिन्छ ।

सबै प्रयोगकर्ताहरूका लागिस् अफर अवधिभर प्रत्येक उडान बुकिङमा प्रोमो कोड APP100K प्रयोग गरी १५० छुट पाउन सकिन्छ ।

बस टिकट छुट : पहिलो पटक बस टिकट काट्ने यात्रुहरूले प्रोमो कोड त्ग्च्द्यइद्यग्क् प्रयोग गरी पहिलो बस टिकटमा ५० छुट पाउन सक्नुहुन्छ ।

एड्भेन्चर एक्टिभिटीमा डिस्काउन्टहरु
ट्रिप टर्बोले रोमाञ्चक एक्टिभिटीहरूमा विशेष छुट पनि ल्याएको छस् ५०५ वा ६,००० सम्मको छुट पाउन सक्नुहुन्छ, साथै प्रोमो कोड प्रयोग गरी थप बचत गर्न सक्नुहुन्छ ।
लोकप्रिय एक्टिभिटीहरूमा १,४५० सम्मको छुट : प्याराग्लाइडिङ, बन्जी, स्काइ साइकलिङ, क्यानोनिङ, स्विङ, हट एयर बेलुन, र एटिभी (क्वाड बाइक) टूर ।
यो सङ्गै, ट्रिप टर्बोका नियमित ग्राहकहरूका लागि थप अफर १ तपाईंले ५,००० त्त् ऋयष्लक प्रयोग गरेर १,४०० सम्मको विशेष छुट प्राप्त गर्न सक्नुहुन्छ। यो छुट हाईग्राउन्ड एड्भेन्चर्स (पोखरा)को शावर बन्जी, हट एयर बेलुन (पोखरा), द क्लिफ (कुश्मा, पर्वत) को बन्जी, द बन्जी नेपाल (पोखरा) को बन्जी, हाईग्राउन्ड एड्भेन्चर्स (पोखरा) को एटीभी (क्वाड बाइक)टुर, र एडभान्स प्याराग्लाइडिङ (पोखरा) को प्याराग्लाइडिङमा उपलब्ध छ । यो अफर २०८१ चैत १८ ९मार्च ३१, २०२५० सम्म मान्य हुनेछ ।

ट्रिप टर्बोको बारेमा
ट्रिप टर्बो नेपालको सबैभन्दा ठूलो अनलाइन ट्राभल मार्केटप्लेस हो। सन् २०२१ मा स्थापना भएको ट्रिप टर्बोले आधिकारिक रूपमा सन् २०२४ को सेप्टेम्बरमा ट्राभल मेला क्यामपेनमार्फत आफ्नो मोबाइल एप लन्च गरेको थियो। एन्ड्रोइड, आईओएस, र वेबमा उपलब्ध ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान टिकट, बस टिकट, २००ं इनडोर र आउटडोर एक्टिभिटीहरू, र ओभरनाइट स्टे सेवा प्रदान गर्दछ ।

प्रकाशित समय : १८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु