global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कान्स फिल्म फेस्टिभलमा आलियाको डेब्यु

कान्स फिल्म फेस्टिभलमा आलियाको डेब्यु

कान्स फिल्म फेस्टिभलमा आलियाको डेब्यु

बलिवुड अभिनेत्री आलिया भट्टको कान्स फिल्म फेस्टिभलमा डेब्यु हुने भएको छ ।

आलिया भट्ट आफैँले कान्समा आफ्नो डेब्युको पुष्टि गरेकी हुन् । आलियाले लगभग दुई वर्षअघि मेट गालामा डेब्यु गरेकी थिइन् । अब उनी आफ्नो सुन्दर लुकले कान्समा लाइमलाइट चोर्नेछिन् । उनी एक सौन्दर्य ब्रान्डको लागि रातो कार्पेटमा उपस्थित हुनेछिन् ।

बलिउडमा आफ्नो अभिनयबाट लोकप्रियता कमाइसकेकी आलियाले अन्तर्राष्ट्रिय स्तरमा पनि धेरै ख्याति कमाइसकेकी छिन् । मुम्बईमा मिडियासँग कुरा गर्दै आलियाले भनेकी छन्, ‘म यसको लागि उत्सुक छु । हो, म कान्समा डेब्यु गर्दैछु । म धेरै उत्साहित छु ।’

७८औं कान्स फिल्म फेस्टिभल मे १३ देखि मे २४, २०२५ सम्म आयोजना हुनेछ ।

प्रकाशित समय : १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु