global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सिञ्जामा सञ्चालित स्वास्थ शिविरमा २७३ जना लाभान्वित

सिञ्जामा सञ्चालित स्वास्थ शिविरमा २७३ जना लाभान्वित

सिञ्जामा सञ्चालित स्वास्थ शिविरमा २७३ जना लाभान्वित

सिञ्जा गाउँपालिकामा सञ्चालित स्वास्थ शिविरबाट २७३ जना लाभान्वित भएका छन् । वडा नं २ वडा अन्तर्गत विष्टवाडाको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

जनस्वास्थ्य कार्यालयको सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको समन्वय एवं गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए।

नसर्ने रोगसम्बन्धी उच्च रक्तचाप, मधुमेह र महिलाको पाठेघरको क्यान्सरको जाँच गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए । सो निःशुल्क स्वास्थ्य शिविरबाट २११ महिला र ६२ पुरुषको स्वास्थ्य जाँच गरिएको छ ।

महिलाको पाठेघर परीक्षण १४४, रिङ पे्रसरी प्रयोग गरेका सात महिला र पाठेघरको अप्रेशन गर्नुपर्ने दुई महिला रहेको स्वास्थ्य शाखा संयोजक रोकायाको भनाइ छ । पाठेघरसम्बन्धी समस्या भई थप उपचार गर्न २६ महिलालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सिफारिस गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित समय : ११:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु