गृहपृष्ठ सहकारीसम्बन्धी विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिबाट स्वीकृत
सहकारीसम्बन्धी विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिबाट स्वीकृत

प्रतिनिधिसभाले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । त्यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सभासमक्ष सो प्रस्ताव पेस गरेका थिए ।
विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले एक संस्थामा दुई कार्यकालभन्दा उही व्यक्ति बस्न नपाउने व्यवस्था विधेयकमा राखिएको बताए । सरकारले अध्यादेशमार्फत अगाडि सारेका सबै विधेयक जनताको समस्या समाधान गर्ने उद्देश्यले ल्याएको उनको भनाइ छ ।
सैद्धान्तिक छलफलमा सांसद हितराज पाण्डे, जुलीकुमारी महतो, विमला सुवेदी, हितबहादुर तामाङ, रणेन्द्र बराली, नारायणी शर्मा, माधव सापकोटा, पे्रम सुवाल, दयालबहादुर शाही, सूर्यबहादुर थापा र श्यामकुमार घिमिरेले आआफ्नो धारणा राखेका थिए । प्रतिनिधिसभाको अर्को बैठक आगमी चैत ३ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ ।
प्रकाशित समय : २०:५७ बजे