global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बीपी राजमार्गको एक खण्ड पुनर्निर्माण गर्न सडक ठेक्का बुधबार आह्वान हुने

बीपी राजमार्गको एक खण्ड पुनर्निर्माण गर्न सडक ठेक्का बुधबार आह्वान हुने

बीपी राजमार्गको एक खण्ड पुनर्निर्माण गर्न सडक ठेक्का बुधबार आह्वान हुने

गत असोज दोस्रो साता आएको बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको एक खण्ड पुनर्निर्माण गर्न सडक विभागले २८ फागुन (बुधबार)ठेक्का आह्वान गर्ने भएको छ ।

सडक विभाग महानिर्देशक रामहरि पोखरेलका अनुसार बुधबार एक खण्ड भकुन्डेबेँसी–नेपालथोक पुनर्निर्माण गर्न ठेक्का आह्वान हुनेछ । यो साताभित्र सबै खण्डको ठेक्का लागिसक्ने उनले बताए ।

विभागका अर्का एक अधिकारीले साढे ८ अर्ब रुपैयाँ हाराहारीमा बीपी राजमार्ग पुनर्निर्माणको चार थान ठेक्का लाग्ने जानकारी दिए । तीमध्ये तीन वटा ठेक्का सडक डिभिजन भक्तपुर र बाँकी एउटा सडक डिभिजन खुर्कोटले आह्वान गर्नेछन् ।

बीपी राजमार्ग दुई लेनको छ । असोजको बाढीपहिरोले यो राजमार्गको २८ किलोमिटर खण्डमा क्षति पुगेको छ ।

प्रकाशित समय : २१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु