गृहपृष्ठ वीरगन्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक
वीरगन्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी वीरगन्जमा लन्च गरेको छ। वीरगन्जस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडीहरू कर्भ ईभी, नेक्सन के३ र टाटा सफारी लन्च भएका छन्।
सो कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, मदेश प्रदेश – जनार्दन सिंह क्षेत्रीको साथ सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान सहभागी थिए।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भने,’आज वीरगन्जमा टाटाका नयाँ गाडीहरू लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौं। अब ग्राहकहरूले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरू आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नु हुन्छ। र बिक्रिपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको छ। त्यसैले टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नयाँ गाडीहरू ढुक्क भएर लिन सक्नु हुन्छ। सिप्रदीको सुरुवात देखि नै बिक्रिपछिको सेवालाई जोड दिदै आएको हो र आज ४४ं वर्ष पछि पनि त्यसलाई निरन्तरता दिँदै गाडीको बिक्रिपछिको सेवाहरू- सर्भिस र चार्जिङ नेटवर्कलाई प्राथमिकतामा रहेको छ।
प्रकाशित समय : १९:४९ बजे