गृहपृष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१ औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१ औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१ औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको थियो ।
साधारणसभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता २०८१ फागुन १५ गतेका लागि बन्द गरिएको थियो । २०८१ फागुन १४ गतेसम्म कायम शेयरधनीले साधारणसभामा उपस्थित भएका थिए । उक्त साधारणसभाबाट आ।व। २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन आदि पारित गर्नुका साथै सोही आ।व। को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८.७५ प्रतिशतका दरले हुन आउने रकम २१,८७,६३,७७३ -बराबरको नगद लाभांश समेत पारित गरियो । यसै साधारणसभाबाट आ.व. २०८१/०८२ को लागि कम्पनीको बाह्रय लेखापरीक्षकको नियुक्ती र पारीश्रमिक समेत लेखापरीक्षण समितिले सिफारिस गरिए बमोजिम अनुमोदन गरियो ।
उक्त साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीले प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालिन रुपमा श्रोतहरुको परिचालन गरि दिगो लाभ लिन सकिनेमा विश्वास लिएको बताए । साथै सबै सरोकारवालाहरुको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै निर्जीवन बीमा क्षेत्रमा अग्रणी रुपमा स्थापित हुनेमा आफू पूर्णरुपमा विश्वस्त रहेको पनि उल्लेख गरे ।
त्यसैगरि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१ औं साधारणसभामा आफ्नो स्वागत मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीमती अन्जु श्रेष्ठले नविनतम प्रविधिको प्रयोगबाट निर्जीवन बीमाका ग्राहकहरुलाई गुणास्तरीय सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित संस्था बनाउन आफ्नो अधिकतम प्रयास रहने बताए ।
त्यस्तै साधारणसभामा शेयरधनीहरुका तर्फबाट जगन्नाथ आचार्य, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ लगायतका शेयरधनी महानुभावहरुले आफ्नो मन्तव्य राखेको थियो । कम्पनीले ८.७५ प्रतिशत नगद लाभांस प्रदान गरेकोमा अधिकांश
प्रकाशित समय : १७:१९ बजे




















