global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘विधेयकमा रहेका त्रुटीपूर्ण विषय संशोधन गर्नुपर्ने’

‘विधेयकमा रहेका त्रुटीपूर्ण विषय संशोधन गर्नुपर्ने’

‘विधेयकमा रहेका त्रुटीपूर्ण विषय संशोधन गर्नुपर्ने’

कोशी प्रदेशसभामा पेस भएको प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका त्रुटीपूर्ण विषय संशोधन गर्न सरोकारलाले जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश र मोरङ शाखाद्वारा आज विराटनगरमा संयुक्त रुपमा आयोजित ‘कोशी प्रदेशसभामा पेस भएको प्रादेशिक आमसञ्चार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ बारे छलफलमा सहभागीले प्रदेश सरकारले ल्याउन लागेको विधेयक र सञ्चार प्रतिष्ठानको विषयमा संशोधनको आवश्यकता औँल्याएका छन् ।

कोशी प्रदेशमा नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले विधेयकमा देखिएका कमीकमजोरीलाई आवश्यक छलफलबाट अघि बढाउन प्रदेश सरकार समक्ष माग गर्ने बताए।

कोशी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक विदुर लिङ्थेपले संशोधन गर्नुपर्ने विषय बुँदागतरुपमा उपलब्ध गराउन आग्रह गरे ।

पत्रकार महासङ्घ कोशी प्रदेशका पूर्वमहासचिव विवेक गौतमले कार्यपत्रपत्र प्रस्तुत गर्दै विधेयकको विषयमा भएका कमीकमजोरीलाई प्रष्ट पारे । नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ र समाजवादी प्रेस सङ्गठन कोशी प्रदेशका अध्यक्ष बन्धु पोखरेलले प्रदेश रजिष्ट्रारलाई दिइएको हक अधिकारमा आपत्ति जनाउँदै संशोधन गर्नुपर्ने सुझाव दिए।

प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवं प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले विधेयकका केही विषयमा संशोधन गर्न सकिने बताए । यसैबीच विधेयकमा देखिएका कमीकमजोरी सच्याउन आवश्यक सुझाव दिन नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको नेतृत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । समितिले प्रदेशसभा, सभामुख तथा विभिन्न राजनीतिक दललाई सुझावको संशोधन पत्र बुझाउने छ ।

प्रकाशित समय : २१:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु