गृहपृष्ठ बालगीत ‘आफूसित आफै दंग’ सार्वजनिक
बालगीत ‘आफूसित आफै दंग’ सार्वजनिक

बालबालिकालाई आफ्नो काम आफै गर्न सिकाउने चेतनामूलक बालगीत ‘आफूसित आफै दङ्ग’ सार्वजनिक भएको छ । कवि रामबाबु सुवेदी अफिसियल नामक युटुब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।
बालबालिकालाई समयको सदुपयोग गर्ने प्रेरणा दिने उक्त गीतको शब्द तथा रचनाकार सुवेदी रहेका छन् भने दीपक शर्माले सङ्गीत भरेका छन् । यसमा नरेन्द्र वियोगीको संगीत संयोजन छ ।
आर्यभ डङ्गोल, पारिका श्रेष्ठ, ओश्ना छेत्रीसहित यस बालगीतमा डियरवाक सिफल स्कुलका बालबालिकाले गायन र अभिनयमा आफ्नो कला प्रस्तुत गरेका छन् । सार्वजनिक भिडियोमा समयको महत्त्व बुझ्नुपर्छ, स्वस्थ रहनुपर्छ, फुर्तिलो हुनुपर्छ भन्ने भाव रहेको छ ।
प्रकाशित समय : २१:०७ बजे