global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेप्से परिसूचक ७.२६ अङ्कले घट्यो

नेप्से परिसूचक ७.२६ अङ्कले घट्यो

नेप्से परिसूचक ७.२६ अङ्कले घट्यो

हिजो सामान्य बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७.२६ अङ्कले घटेर २ हजार ६ सय ७८.४७ विन्दुमा झरेको छ ।

आज फाइनान्स, लगानी र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । आज विकास बैंक र जलविद्युत् समूहको शेयर झन्डै १ प्रतिशतले ओरालो लागेको छ ।

आज न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मातृभूमि लघुवित्त, कुमारी सबल योजना र गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ७१ करोडको शेयर कारोबार भएकोमा आज ३ सय २ वटा कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर ७ अर्ब ९२ लाख रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु