गृहपृष्ठ बबरमहलमा फुटेको पाइप मर्मत सकियो
बबरमहलमा फुटेको पाइप मर्मत सकियो

काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार करिब २० घण्टामा पाइप मर्मतको काम सकिएको हो ।
उनका अनुसार अहिले पाइपमा पानी परीक्षणको काम भइरहेको छ । ‘पानी परीक्षणको कार्य भइरहेकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्नेछौं,’ उनले भने । बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको थियो ।
उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो ।
प्रकाशित समय : १५:३८ बजे