global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न

देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न

देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न

जिल्लाको प्रसिद्ध देवघाटधाममा एक महिनासम्म सञ्चालित महामहोत्सव बुधबार सम्पन्न भएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर सञ्चालन भएको महामहोत्सव सकिएको हो ।

विश्व जागरण महाअभियान ट्रष्ट चितवनको आयोजनामा भएको महामहोत्सवको देवघाटस्थित गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजले समापन गरे । उनले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि महामहोत्सव सफल भएको बताए ।

देवघाट मुलुकको महत्वपूर्ण धार्मिक तीर्थस्थल भएकाले यहाँ यज्ञयज्ञादी पर्व आयोजना भइराख्नुपर्नेमा स्वामी आत्मानन्दले जोड दिए ।

विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक भागवत् कथा वाचक इश्वरकृष्ण महाराजले भक्तजनको माया, स्नेह र सहयोगले महामहोत्सव एक महिनासम्म सञ्चालन गर्न सहयोग र हौसला मिलेको बताए । महामहोत्सवबाट सङ्कलित रकम मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि खर्च गरिने उनले जानकारी दिए ।

इश्वरकृष्ण महाराजको सङ्कल्पमा तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माणाधीन तीन सय ६५ कोठाको मातापिता सेवा आश्रमले पूर्णता दिन र सोही स्थानमा रहेको देवघाट दिव्यधाम निर्माण गर्न रकम सङ्कलन गर्ने उद्देश्यले महामहोत्सव आयोजना गरिएको हो ।

उक्त महामहोत्सव २५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन गरेका विश्व जागरण महाअभियान ट्रष्टले दाबी गरेको छ । महोत्सव अवधिभर २० करोड भन्दा बढी रकम सङ्कलन भएको जनाउँदै आम्दानी र खर्च यथाशीघ्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने इश्वरकृष्ण महाराजले उल्लेख गरे ।

तीन सय ६५ कोठासहितको संरचनामा वृद्धवृद्धा र असहायहरूका लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले मातापिता सेवा आश्रम निर्माणाधीन छ ।

महामहोत्सवमा सङ्घीय सरकारका मन्त्री, गण्डकी तथा बागमती प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख राजनीतिक दलका सभापति तथा वरिष्ठ नेताहरू, प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सांसदहरू, विभिन्न उच्च पदस्थ प्रशासक तथा व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

महामहोत्सवमा देवी प्रतिभा, अनुराधा पाण्डे, ओमप्रकाश सुवेदी, यशोदा मातालगायत लोकप्रिय कथा वाचकहरूले कथा वाचन गरको थियो ।

प्रकाशित समय : १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु