global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘बाल विवाह सामाजिक समस्या’

‘बाल विवाह सामाजिक समस्या’

‘बाल विवाह सामाजिक समस्या’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या भएको बताएको छ । जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीवार आयोजित ‘बालविवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै बाल विवाहलाई रोक्न सामूहिक सहकार्यको आवश्यकता औल्याए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बाल विवाहको अन्त्य एवं नियन्त्रण गर्न अभियानको रुपमा नीति तथा कानुनी प्रवन्ध गरी अगाडि वढेको जानकारी दिए । उनले प्रदेशमा बाल विवाह निषेधसमेत गरिकामा कतिपय दुर्गमस्थान एवं पहाडी परेका वर्गमा यो समस्या विद्यमानरुपमा देखिएकोले यसको नियन्त्रण गर्न सुरक्षा निकाय एवं समाज चनाखो भएर लाग्नुपर्ने आवश्यक्ता औँल्याए ।

हस्ताक्षर कार्यक्रममा सामाजिक अभिन्ता बालकृष्ण पाण्डे, डा. गंगाधर अधिकारीलगायतले अन्य छ प्रदेशमा बाल विवाह विरुद्ध प्रतिवद्धता हस्ताक्षर अभियान सञ्चालन गरिसकेको जानकारी दिए । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु