global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेकपा एमाले विदुर नगर कमिटीमा सञ्जीव श्रेष्ठ निर्वाचित

नेकपा एमाले विदुर नगर कमिटीमा सञ्जीव श्रेष्ठ निर्वाचित

नेकपा एमाले विदुर नगर कमिटीमा सञ्जीव श्रेष्ठ निर्वाचित

नेकपा (एमाले) नुवाकोट विदुर नगरपालिका कमिटीमा सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन्।

बुधबार भएको चुनावमा उनी १५८ मतले निर्वाचित भएको निर्वाचन कमिटीले जानकारी दिएको छ। उनले अनुजकुमार श्रेष्ठलाई पराजित गरे। अनुजले १०६ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा श्यामकृष्ण चालिसे निर्वाचित भएका छन्। उनले १७३ मत प्राप्त गरे भने प्रतिस्पर्धी देवनारायण चित्रकारले ९० मत ल्याए।

सचिवमा तोयानाथ तिम्सिना निर्वाचित भएका छन्। उनले १४८ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी उपेन्द्र रिमालले १०८ मत प्राप्त गरे। खुला उपसचिवमा पूर्णबहादुर कार्की निर्वाचित भए। कार्कीले १३३ मत ल्याउँदा प्रतिस्पर्धी डिल्लीप्रसाद गजुरेलले ११८ मत ल्याए।

महिला उपचसचिवमा करिना नेपाल निर्वाचित भइन्। उनले १३७ मत ल्याइन् भने प्रत्यासी मुना पुडासैनी न्यौपानेले १०८ मत ल्याइन्। लेखा कमिटी अध्यक्ष रामशरण तिम्सिना १२९ मतसहित निर्वाचित हुँदा रामकृष्ण खड्का ११८ मत ल्याएर पराजित भए।

मंगलबारबाट सुरू भएको अधिवेशनको उद्घाटन एमाले बागमती इन्चार्ज राजन भट्टराईले गरेका थिए। अधिवेशनमा पार्टी संस्थापन पक्ष पराजित भएको त्यहाँको कमिटीले जानकारी दिएको छ।

प्रकाशित समय : ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु