global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पूर्वमन्त्री डा. अधिकारीको ‘मेरो जीवन यात्रा’ विमोचन

पूर्वमन्त्री डा. अधिकारीको ‘मेरो जीवन यात्रा’ विमोचन

पूर्वमन्त्री डा. अधिकारीको ‘मेरो जीवन यात्रा’ विमोचन

नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य सहायकमन्त्री डा. रामचन्द्र अधिकारीद्वारा लिखित ‘मेरो जीवन यात्रा’ विमोचन गरिएको छ ।

जीवनका भोगाईलाई समेटेर लेख्नुभएको पुस्तक उनको सहस्र १००८ पूर्ण चन्द्रदर्शन (चौरासी पुजा)का अवसरमा आज कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरे । सभापति देउवाले राजनीतिमार्फत समाजसेवाको क्षेत्रमा डा. अधिकारीले पु-याएको योगदान महत्त्वपूर्ण रहेको बताए । पूर्वप्रधानमन्त्री देउवाले प्रजातन्त्र स्थापनाका लागि डा. अधिकारीले गरेको सङ्घर्ष अनुकरणीय रहेको बताए ।

“हामी प्रजातन्त्र र लोकतन्त्रका लागि सँगसँगै राजनीतिमा लागेका हौँ, ८४ वर्षे जीवन दोस्रो पुस्ताको लागि मार्गदर्शन बन्न सक्छ,” उनले भने । डा. अधिकारीले चालेको हरेक अभियान सफल भएको सभापति देउवाको भनाई थियो ।

पुस्तकका लेखक डा. अधिकारीले आफ्नो महत्त्वपूर्ण जीवन राजनीति र समाजसेवामा व्यतित गरेको बताए । आफ्नो जीवनकथा दोस्रो पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने उल्लेख गरे । पुस्तकबारे साहित्यकार विजयराज न्यौपानेले टिप्पणी गरेको थियो ।

नेपाली कांग्रेस लमजुङको महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य, जिल्ला सभापति भएका डा अधिकारी विसं २०४८ र २०५१ को आम निर्वाचनमा लमजुङ क्षेत्र नं १ बाट निर्वाचित भई स्वास्थ्य सहायकमन्त्री बनेको थियो ।

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु