global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नबिल एसएसईको ‘सेलिब्रटिङ फेलोसिप जर्नी अफ इम्प्याक्ट्स’ कार्यक्रम सम्पन्न

नबिल एसएसईको ‘सेलिब्रटिङ फेलोसिप जर्नी अफ इम्प्याक्ट्स’ कार्यक्रम सम्पन्न

नबिल एसएसईको ‘सेलिब्रटिङ फेलोसिप जर्नी अफ इम्प्याक्ट्स’ कार्यक्रम सम्पन्न

नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप(नबिल एसएसई)अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘सेलिब्रटिङ फेलोसिप जर्नी अफ इम्प्याक्ट्स’ कार्यक्रम सम्पन्न गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा फेलोसिप कार्यक्रमका दोस्रो र तेस्रो कोहर्टका सहभागीहरुलाई प्रमाणपत्रसहित बिदाइ तथा चौथौं कोहर्टका सहभागीहरुको स्वागत गरिएको हो ।

बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत तीन वर्षदेखि यो कार्यक्रम सञ्चलन गर्दै आएको हो ।

कार्यक्रममा फेलोसिप कार्यक्रमका सहभागीहरुले नवीन उद्यममार्फत प्राप्त गरेको उपलब्धि, प्रशिक्षकहरूको योगदान तथा कार्यक्रमको समग्र प्रभावबारे चर्चा गरिएको थियो ।

प्रकाशित समय : २१:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु