global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पाकिस्तानमा सैन्य कारबाहीमा तीन लडाकु मारिए

पाकिस्तानमा सैन्य कारबाहीमा तीन लडाकु मारिए

पाकिस्तानमा सैन्य कारबाहीमा तीन लडाकु मारिए

पाकिस्तानी सुरक्षा बलले शुक्रबार देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान आदिवासी जिल्लामा गरिएको कारबाहीमा तीन लडाकु मारिएको दाबी गरेको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले बिहीबार राति जिल्लाको दत्ता खेल क्षेत्रमा लडाकुको उपस्थितिको सूचनाको आधारमा गुप्तचरमा आधारित अपरेशन सुरु गरेको एक विज्ञप्तिमार्फत जनाएको छ ।

अपरेशन सञ्चालनको क्रममा, सेनाले महिलाको पहिरन लगाएर भाग्न खोजिरहेका लडाकुहरूलाई प्रभावकारी रूपमा मारेको थियो ।

सुरक्षा बलहरूले मारिएका लडाकुबाट हतियार र गोलाबारुद पनि बरामद गरे, जो यस क्षेत्रमा धेरै आतङ्ककारी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए ।

आईएसपीआरले यस क्षेत्रमा फेला परेका कुनै पनि लडाकुहरूलाई हटाउनको लागि अपरेसन गरिएको जनाएको छ । पाकिस्तानका सुरक्षा बलहरू देशबाट आतङ्कवादको खतरा हटाउन कटिबद्ध रहेको बताएको छ ।

प्रकाशित समय : २१:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु