global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘देशमा आउने सङ्कट सामना गर्ने सामर्थ्य हुनुपर्छ’

‘देशमा आउने सङ्कट सामना गर्ने सामर्थ्य हुनुपर्छ’

‘देशमा आउने सङ्कट सामना गर्ने सामर्थ्य हुनुपर्छ’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ (रोहित) ले देशमा आउने जुनुसुकै सङ्कटबाट भाग्ने होइन कि डटेर सामना गर्ने सामथ्र्य राजनीतिक कार्यकर्तामा हुनुपर्ने बताएका छन ।

नेपाल नगरपालिका कर्मचारी एशोसियशन भक्तपुर नगरपालिका समितिको आयोजनामा आज समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिँदै उनले देशका नयाँ पुस्तालाई देशभक्तिको भावनाबाट सधैँ प्रेरित गर्दै सङ्कटमा डटेर सामना गर्ने सामथ्र्यवान बनाउनुपर्ने बताए ।

अध्यक्ष विजुक्छेँले अवकाश प्राप्त कर्मचारी राष्ट्रका अमूल्य सम्पत्ति भएको बताउँदै अवकाश प्राप्त कर्मचारीको ज्ञान, सीप र अनुभव उपयोग गर्ने योजना सरकारले ल्याउनुपर्ने बताए । भक्तपुर नपाको ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य ढिलोचाँडो मूर्तरूप लिने विश्वास व्यक्त गर्दै उनले ख्वप विश्वविद्यालय सञ्चालन नेपालको शैक्षिक क्षेत्रको विकासमा एउटा नवीनतम अभ्यासको रूपमा रहने बताए ।

उनले त्यसअवसरमा भक्तपुर नगरपालिकामा ३० वर्षभन्दा बढी सेवा गरी विसं २०८१ माघ २५ गतेभित्र अनिवार्य अवकाश प्राप्त कर्मचारीलाई सम्मान गरे । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई अहिले आफ्नो मातहतको एकाइ झै व्यवहार गर्न नछाडेको भन्दै स्वायत्तताको नाममा स्थानीय तहमाथि सङ्घ र प्रदेशको हस्तक्षेप नै अहिलेको मुख्य समस्या भएको बताए ।

प्रकाशित समय : २१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु