global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ वल्र्ड अफ डान्स नेपाल शो : विजयीले अमेरिकामा डान्स देखाउन पाउने

वल्र्ड अफ डान्स नेपाल शो : विजयीले अमेरिकामा डान्स देखाउन पाउने

वल्र्ड अफ डान्स नेपाल शो : विजयीले अमेरिकामा डान्स देखाउन पाउने

अमेरिकी फै्रंचाइज डान्स शो ‘वल्र्ड अफ डान्स नेपाल’ को ग्राण्ड फाइनल सम्पन्न भएको छ । ठमेलको अलफ्ट होटलमा शो सम्पन्न भएको हो ।

शो मा अपर टिम डिभिजन तर्फ विजेता बुटवलका द ब्रेभ गोरखा, रनरअफ काठमाडौं ग्रुभ ओभरडोज र सेकेण्ड रनरअफ ललितपुरका वाई स्ट्यांड क्रू भए भने जूनियर टिम डिभिजन तर्फ विजेता काठमाडौं नेपाल डान्स एकाडेमी, रनर अफ मोरंगका ह्याण्ड टु ह्याण्ड क्रु, सेकेण्ड रनर अफ ललितपुरका क्रिएटर क्रु भएका छन् । त्यस्तै अपर डिभिजन तर्फ विजेता कैलालीका बब्लू एण्ड रोहित, रनर अफ  काठमाडौंका स्वस्तिक अर्याल र सेकेण्ड रनरअफ झपाका एसएनएस क्विन्स भएका हुन्।

कार्यक्रममा पूर्व नेपालको धनकुटा देखी पश्चिम कैलाली सम्मका ३३ वटा ग्रुपले फाईनल चरणका लागि स्थान बनाएका थिए । यी सबै विजेताहरुले नेपाललाई प्रतिनिधित्व गर्दै आगामी जुलाईमा अमेरिकामा हुने वर्ल्ड फाइनलमा सहभागि हुन पाउनेछन् । कार्यक्रमका प्रमुख अतिथि, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता दंगोलले विजयी टिमलाई ट्रफी, चेक तथा मेडल लगाइ सम्मान गरेकी थिइन् ।

नेपाली डान्स कम्यूनिटीमा पहिलोपटक यस्तो शो गरिएको कार्यक्रमका डाइरेक्टर रोशन गहतराजले बताउँछन् । नेपाली नृत्यकारहरुलाई विश्वसामू परिचित गराउने र नेपाली कला संस्कृतिको उजागर गर्नको निम्ति उक्त शो आयोजना गरिएको उनले बताए ।

च्यम्पियनशिपको जूरीका रुपमा कंटेम्पोरी नृत्यकार जेडी तमू, ऐवरेस्ट क्रूका निशान्त गौचन र पपर मुकेश ढकाल थिए। लामो समयदेखी सुस्ताएको नेपाली नृत्य अवस्थालाई उक्त शोले एउटा ऐतिहासिक सुरुवात गरेको निर्णायक जेडी तमूले बताए ।

कार्यक्रममा भारतका चर्चित डान्सर तेरिया मगर, भोईस अफ नेपालका संचालक सुशील नेपाल लगायत थुप्रै चर्चित कलाकारको उपस्थित थियो ।

प्रकाशित समय : १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु