global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व कामतको परिवारलाई प्रदान

‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व कामतको परिवारलाई प्रदान

‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व कामतको परिवारलाई प्रदान

यस वर्षको प्रतिष्ठित ‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व शास्त्रीय सङ्गीतकार गुरुदेव कामतको परिवारलाई प्रदान गरिएको छ ।

आज जनकपुरधाम साहित्य महोत्सवको छैटौँ संस्करणको उद्घाटनमा स्व सङ्गीतकार कामतकी पत्नी सगुनवती देवी कामतलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँह र स्व अमित झाका बुबा रामनारायण झाले संयुक्त रुपमा एक लाख पाँच हजार राशिको पुरस्कार प्रदान गरिन ।

अमित झा साहित्य सङ्गीत पुरस्कार नव मिथिला फाउन्डेसनको आयोजनामा हरेक वर्ष साहित्य र सङ्गीत क्षेत्रमा विशेष योगदान पु-याउने व्यक्तित्वलाई प्रदान गरिन्छ । स्व कामतले नेपाली शास्त्रीय सङ्गीतमा महत्वपूर्ण योगदान पुर्याइन।

‘उनिगत साउनमा दिवङ्गत हुनुभएको थियो । उनि ‘प्रबल जनसेवा श्री’ लगायतका सम्मानबाट सम्मानित हुनुभएको थियो । उनले जीवनभर राज्यबाट अपेक्षित सहयोग पाउन सक्नुभएन । पुरस्कार हस्तान्तरणसँगै महोत्सवमा क्यान्सर रोगबाट पीडित सङ्गीतकार अशोक दत्तलाई ५१ हजारको आर्थिक सहयोग पनि प्रदान गरिएको छ । सङ्गीत क्षेत्रमा दत्तको योगदानको कदर गर्दै सहयोग रकम उनको उपचारका लागि प्रदान गरिएको हो ।’

तीन दिनसम्म चल्ने जनकपुरधाम साहित्य महोत्सवको यस संस्करणमा विभिन्न साहित्यिक र साङ्गीतिक कार्यक्रमहरू हुने जनाइएको छ । पहिलो दिन राजनीतिक विश्लेषक सिके लालले ‘सियाराम राज्यको परिकल्पनाः साहित्य र अर्थराजनीति’ विषयमा आफ्नो प्रस्तुति गरे ।

प्रकाशित समय : २१:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु