गृहपृष्ठ इसेवाको सेवा फेरि अवरुद्ध
इसेवाको सेवा फेरि अवरुद्ध

डिजिटल वालेट कम्पनी इसेवाको सेवा फेरि अवरुद्ध बनेको छ । बिहीबार बेलुकादेखि प्राविधिक कठिनाइका कारण सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ ।
कम्पनीले समस्या समाधानका लागि प्राविधिक टोली लागिपरेको भन्दै असुविधाका लागि क्षमायाचना समेत गरेको छ ।
पछिल्लो समय इसेवाको सेवा पटक /पटक अवरुद्ध हुँदै आएको छ ।
प्रकाशित समय : २०:४१ बजे