global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नाडजोनद्वारा सर्लाही घटनाबारे छानबिन समिति गठनको माग

नाडजोनद्वारा सर्लाही घटनाबारे छानबिन समिति गठनको माग

नाडजोनद्वारा सर्लाही घटनाबारे छानबिन समिति गठनको माग

राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल (नाडजोन) ले सर्लाही घटनाबारे छानबिन गर्न ‘उच्चस्तरीय छानबिन समिति’ गठन गर्नुपर्ने माग गरेको छ ।

नाडजोनका अध्यक्ष तथा सभासद् विनोद पहाडीले आज पे्रस विज्ञप्ति जारी गरी सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबीचको वैधानिक प्रेम विवाहलाई सहन नसकी सरकारका उच्च अधिकारीको संलग्नतामा उनीहरुप्रति गरिएको मानवताविरोधी व्यवहार र अन्यायपूर्ण ढङ्गले गरिएको कारबाहीप्रति खेद प्रकट गर्दै अविलम्ब संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गरी कारबाही माग गरेका छन ।

‘सर्लाहीका अन्तरजातीय विवाहित जोडीमाथि नेपालको संविधान ऐन कानुन विपरीत गरिएको भेदभावजन्य व्यवहार र दमनको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, घटनामा जोडिएको गृह प्रशासन, प्रहरी अधिकारीको भूमिकाको निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषीलाई कानुनी कारबाही अघि बढाउन र आमसञ्चारमाध्यममा सरकारका गृहमन्त्री समेतको संलग्नता भनि आएको सवाललाई सरकार र संसद्ले गम्भीर रुपले लियोस्’, विज्ञप्तिमा भनिएको छ ।

नाडजोनले सो घटनाको सवालमा ऐक्यबद्धता जनाउन न्यायप्रेमी, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार, सामाजिक अभियन्ता, राजनीतिककर्मी तथा सरोकारवालासँग अपिल गर्दै पीडितलाई न्याय निरुपण नगरी दोषीलाई संरक्षण गर्ने प्रवृत्ति दोहोरिएमा सशक्त सङ्घर्ष गर्नेसमेत जनाएको छ ।

प्रकाशित समय : १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु