गृहपृष्ठ “दक्षिणपूर्वी एसियाली मुलुकमा मोबाइल फोन सेवाको स्थितिमा सधार”
“दक्षिणपूर्वी एसियाली मुलुकमा मोबाइल फोन सेवाको स्थितिमा सधार”

कम्बोडियामा हाल कूल एक करोड ८९ लाख ८० हजार इन्टरनेट ग्राहकहरू रहका हुलाक तथा दूरसञ्चार मन्त्री चे भान्देथले बताएका छन।
हुलाक तथा दूरसञ्चार मन्त्रालयको एक सम्मेलनको समापन समारोहमा बोल्दै उनले हालसम्म एक करोड ८२ लाख ८३ हजार र फिक्स्ड इन्टरनेट सेवामा सात लाख ८२ हजार २ सय ३४ ले सदस्यता लिएको बताए ।
उनले दक्षिणपूर्वी एसियाली मुलुकमा दुई करोड छ लाख मोबाइल फोन ग्राहक र ३१ हजार ६०१ स्थिर फोन प्रयोगकर्ता रहेको बताए ।
केही व्यक्तिले एकभन्दा बढी इन्टरनेट वा टेलिफोन सेवाको सदस्यता लिएकाले इन्टरनेट ग्राहक र टेलिफोन प्रयोगकर्ताहरूको सङ्ख्या देशको कुल जनसङ्ख्याको तुलनामा १७ करोडले नाघेको छ ।
“हाल, फेरजी मोबाइल नेटवर्क कभरेज राज्यको ८२ प्रतिशत र जनसङ्ख्याको ९३.२ प्रतिशत पुगेको छ,” भान्देथले उल्लेख गरे ।
उनले सन् २०२७ सम्म देशका सबै क्षेत्रमा टेलिफोन सेवा विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिए । कम्बोडियामा चार मोबाइल फोन अपरेटर, चार स्थिर फोन कम्पनी र ३९ इन्टरनेट सेवा प्रदायकहरू छन् ।
प्रकाशित समय : १९:४७ बजे