global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अर्थ व्यवस्थामा सुधार देखिएको छ : अध्यक्ष ढकाल

अर्थ व्यवस्थामा सुधार देखिएको छ : अध्यक्ष ढकाल

अर्थ व्यवस्थामा सुधार देखिएको छ : अध्यक्ष ढकाल

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय अर्थ व्यवस्था केहीहदसम्म चलायमान हुन लागेको सङ्केतहरू देखिएको बताएका छन् ।

राजस्व चुहावट नियन्त्रणसँग सम्बन्धित नवीन प्रावधानहरू र भिसीटिसीको प्रयोग तथा परिपालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक लयमा आउन लागेको भन्दै बजार धेरै राम्रो नभए पनि सुधारको हिसाबले राम्रो भएको बताए ।

उनले भने, ‘पछिल्लो समय अर्थ व्यवस्था केहीहदसम्म चलायमान हुन लागेको सङ्केतहरू देखिएका छन् । अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक लयमा आउन लागेको देखिएको छ । गत वर्षको तुलनामा आयात ७.१ प्रतिशत र निर्यात ३१.८ प्रतिशत र निक्षेप सङ्कलन ३.७ र निजी क्षेत्रमा प्रभावित कर्जा ५.२ प्रतिशत, राजस्व सङ्कलन १२.७ र खर्चमा १७.८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले बजार चलायमान भएको नै सङ्केत देखिएको छ । यो धेरै राम्रो नभए पनि सुधारको हिसाबले राम्रो सङ्केत हो ।’

यसको साथै, उनले आगामी दिनहरूमा सरकारका सबै निकायहरूको भूमिका र क्रियाकलापहरू समग्र आर्थिक गतिविधिलाई सक्रिय बनाउनेतर्फ लक्षित हुनुपर्ने भन्दै यसमा उद्योग वाणिज्य महासंघ सधैँ साथमा रहने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित समय : २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु