global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ केन्यामा सुन खानी दुर्घटना: १२ जनाको उद्धार

केन्यामा सुन खानी दुर्घटना: १२ जनाको उद्धार

केन्यामा सुन खानी दुर्घटना: १२ जनाको उद्धार
पश्चिमी केन्यामा सुन खानी भत्किँदा फसेका १२ जना खानी कामदारको उद्धार गरिएको अधिकारीहरूले मङ्गलबार पुष्टि गरेका छन् ।
दुर्घटना हुँदा २० जनाभन्दा बढी खानीमा काम गरिरहेको भएपनि प्रहरी, जिल्ला विपद् व्यवस्थापन टोली र मानवीय संस्थाले मङ्गलबार बिहानै गरेको उद्धार कार्यमा सबैलाई निकाल्न सफल भएको शिन्यालु उपकाउन्सिलका प्रहरी प्रमुखले बताए ।
“फसेका १२ खानी कामदारको उद्धार गरिएको छ,” केन्या रेड क्रस सोसाइटीले पुष्टि गरेको छ ।
परराष्ट्र मामिलाका लागि क्याबिनेट सचिव मुसलिया मुदावादीले खानी समुदायलाई उद्योगमा सुरक्षा उपायहरूमा बढी जोड दिन आग्रह गरे।
प्रत्यक्षदर्शीका अनुसार खानीमा काम गर्नेहरूले खन्ने क्रममा संरचना भत्किएपछि भित्र रहेका मानिसका लागि जोखिमपूर्ण अवस्था सिर्जना भएको थियो ।
काकामेगा काउन्टी पश्चिमी केन्याको सबैभन्दा ठूलो खानी कार्यहरूको भण्डार हो । केन्यामा खानीहरूलाई कमजोर सुरक्षा सावधानीका कारण खतरनाक मानिन्छ । हालका वर्षहरूमा बारम्बार खानी भत्किने घटनाले धेरै जनाको ज्यान लिएको छ ।

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु