global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल

नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएविच सहमती
आज मिति २०८१ साल माघ २२ गते काठमाण्डौमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरु विच नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने सहमती भएको छ । उक्त सहमती अनुसार —
१. त्यसका लागि आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम, र रोजगारीका लागि अवसरहरु सृजनागरी आवश्यक सुधार समेत गर्ने ।
२. दुवै संस्थाहरुले नेपालको अटोमोबाइल उद्योगहरुको वृद्धिका लागि नविनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने ।
३. यस्तो पारस्परिक सहकार्य मार्फत उद्योगको आवश्यकताहरु र कर्मचारीहरुको क्षमता बीचको खाडल पूरा गर्ने ।
४. लेवल एक बाट तालिमको शुरुआत गर्ने र क्रमसः लेवेल दुईमा जाने ।
५. आवश्यकता अनुसार पाठयक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिएण्टेशन दिलाउने ।
६ तालिम र पाठयक्रम निर्माणका लागि एनएभिटीले एनएडिएसंग सहमतीगरी (एमओयु) अघि बढने । उक्त छलफलमा नाडाकातर्फबाट अध्यक्ष करणकुमार चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ र महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको उपस्थित थियो । दुई निकायहरु विच भएको यस्तो एतिहासिक पारस्परिक सहमतीले अटोमोबाइल क्षेत्रमा योग्य र सक्षम श्रमिकहरुको आपूर्तिमा निरन्तरता र सहजता आउने अपेक्षा समेत राखिएको छ ।

प्रकाशित समय : १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु