global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ डेनिश प्रधानमन्त्रीले ग्रिनल्यान्ड तनावका बीच बेलायती समकक्षीसँग भेट्दै

डेनिश प्रधानमन्त्रीले ग्रिनल्यान्ड तनावका बीच बेलायती समकक्षीसँग भेट्दै

डेनिश प्रधानमन्त्रीले ग्रिनल्यान्ड तनावका बीच बेलायती समकक्षीसँग भेट्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड कब्जा गर्ने टिप्पणीको विरोधमा युरोपेली समर्थन खोज्ने क्रममा डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले मङ्गलबार बेलायती समकक्षी किर स्टार्मरसँग भेट्दै हुनुहुन्छ ।

फ्रेडरिक्सनको कार्यालयअनुसार लन्डनमा हुने बैठक ‘युरोपमा सुरक्षा’ मा केन्द्रित हुनेछ ।

“हामीलाई बलियो युरोप चाहिन्छ जसले नेटोमा बढी योगदान गर्छ र आफ्नै खुट्टामा बढी उभिन्छ”, विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाको विशेष उल्लेख नगरी ग्रिनल्यान्ड स्वायत्त डेनिश क्षेत्र हो भन्ने फ्रेडरिक्सनको भनाइ उद्धृत गर्दै भनिएको छ, “एकै साथ हामीले दोस्रो विश्वयुद्धदेखि शान्ति र समृद्धिको आधार रहेको ट्रान्सएटलान्टिक साझेदारी कायम राख्न हाम्रो भूमिका निर्वाह गर्नुपर्छ ।”

ट्रम्पले संयुक्त राज्यको हिस्सा बन्न आर्कटिक टापु चाहने बारम्बार सङ्केत दिएको छ । ग्रिनल्यान्ड रणनीतिक रूपमा महत्त्वपूर्ण छ र ठूलो अप्रयुक्त खनिज र तेल भण्डारहरू छन् भन्ने विश्वास गरिन्छ ।

सप्ताहन्तमा प्रसारणकर्ता फक्स न्युजसँगको अन्तर्वार्तामा अमेरिकी उपराष्ट्रपति जे।डी। भान्सले ग्रिनल्यान्ड अमेरिकाको ‘राष्ट्रिय सुरक्षा’ का लागि ‘वास्तवमै महत्त्वपूर्ण’ भएको बताए ।

“स्पष्टसँग भन्नुपर्दा ग्रिनल्यान्डलाई नियन्त्रण गर्ने डेनमार्कले आफ्नो काम गरिरहेको छैन र यो राम्रो सहयोगी पनि छैन”, भान्सले भने।

सोमबार फ्रेडरिक्सनले डेनमार्क ‘संयुक्त राज्य अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण र उत्कृष्ट सहयोगीहरू मध्ये एक हो’ भनी जोड दिए ।

गत हप्ता ट्रम्पको धम्कीविरुद्ध युरोपेली सङ्घका परम्परागत शक्ति केन्द्रहरूबाट समर्थन लिन पेरिस र बर्लिनको भ्रमण गरेको थियो ।

ट्रम्प राष्ट्रपतिका रूपमा शपथ लिएको एक दिनपछि ग्रिनल्यान्डका प्रधानमन्त्री म्युट इगेडले ग्रिनल्यान्डवासीहरू ‘अमेरिकी हुन चाहँदैनन्’“ भनी जोड दिए । डेनमार्कका नेताहरूले ग्रिनल्यान्ड ग्रिनल्यान्डवासीहरूको हो भन्ने कुरामा जोड दिएका छन् ।

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु